२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

निर्वाचन अयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन

१६ असार, काठमाडाैँ । निर्वाचन अयोगमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हाे ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले नामको नयाँ दल दर्ताका लागि झापाकी सन्ध्या तिवारीले सोमबार आयोगमा निवेदन दिएकी हुन्।

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि मतदाता सूचीमा नाम भएका पाँच सय जनाको नागरिकता प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने हुन्छ। आयोगमा निवेदन परेको विषयमा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा खैलाबैला भएको छ।

प्रकाशित मिति : June 30, 2020 at 7:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/