२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

नेकपा स्थायी समिति बैठक शुरू, प्रधानमन्त्री ओली पनि सहभागी


१६ असार, काठमाडाैँ । नेकपा स्थायी कमिटि बैठक बालुवाटारमा सुरू भएको छ । बैठकमा स्थायी समिति सदस्यरुले आफ्ना धारणा राख्ने कार्यक्रम रहेकाे छ । यस्तै बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ। मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्।

यसअघिकाे बैठकमा अध्यक्षद्वयलाई सोफाकाे व्यवस्था गरिएको थियो। तर वरिष्ठ नेता र अन्य सदस्यलाई सामान्य कुर्सीमा राखिएको भन्दै विरोध भएपछि नेकपा सचिवालय बैठकमा सिट व्यवस्थापनमा हेरफेर गरेर दुवै अध्यक्षको सोफा हटाइएको थियो।

मंगलबारको बैठकमा अध्यक्षसहितका वरिष्ठ नेताहरु मञ्चबाट तल हलमा झरेका छन्। यसअघि दुवै अध्यक्ष र वरिष्ठ नेता तथा पदाधिकारीहरू मञ्चमा थिए भने अन्य स्थायी कमिटी सदस्यहरु तल हलमा थिए। आजकाे बैठकमा दुई अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम मञ्चभन्दा तल सामुन्ने बसेका छन्। उनीहरु सामुन्ने अन्य सदस्यहरुलाई राखिएको छ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १२:४२