११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सीमा समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौँ कल्पना पनि गर्न सकिन्नः उपाध्यक्ष गाैतम

१४ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गाैतमले सीमा समस्या समाधान गर्न युद्धकाे कल्पना पनि गर्न नसकिने बताएका छन् । शनिबार बसेकाे नेकपाकाे स्थायी कमिटीको बैठकका क्रममा पार्टीका उपाध्यक्ष गौतमले सवै समस्या शान्ति वार्ताबाट नै समाधान गर्नुपर्नेमा जाेड दिएका छन् ।

गाैतमले पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारतद्वारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको नेपालको नयां नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमा नेपाल सरकार, सवै राजनितिक पार्टी दुवै सदन तथा  नेपाली जनतामा धन्यवाद र आभार प्रकट गरेका छन् ।

उनले गाैतमले सिंगो राष्ट्रलाई एकतावद्ध गरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको समेत बताएका छन् ।नेता गाैतमले भारतीय सेना नेपाली भूमिबाट हटेपछि नेपालले १०० प्रतिशत विजय हासिल गर्ने समेत उल्लेख गरेका छन् ।

उनले अव ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्नेमा जाेड दिएका छन् । प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्ने भन्दै उनले सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने बताएका छन् ।

उनले महाकाली नदीको एकिकृत विकास संवन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा आफू सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको भन्दै पार्टी विरोधी भनेर आफूहरूलाई लगाइएको आरोप सहीत पार्टीबाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : June 28, 2020 at 11:44 am