१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

कांग्रेस विदेशीको दलाल बनेको भन्दै ४० वर्ष पुराना नेताले पार्टी छाडेर नेकपा प्रवेश गरे

१३ असार, गुल्मी । नेपाली कांग्रेसका एक पुराना नेता एवं गुल्मीको इश्मा गाउँपालिकाका प्रमुख रामप्रसाद पन्थले पार्टी परित्याग गरेका छन । उनले कांग्रेसबाट आश गर्ने ठाउँ नरहेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन । ४० वर्षदेखि निरन्तर कांग्रेस पार्टीमा आवद्ध भएर राजनीति गरिरहेका रामप्रसाद पन्थले पार्टी परित्याग गरेका हुन ।

उनले आफूसँगै कांग्रेसको गाउँकमिटीका सहसचिव विष्णु रिजाललाइ पनि शनिबार पार्टी परित्याग गराइ नेकपा प्रवेश गराएका छन । पन्थले कांग्रेसले निरन्तर बाटो बिराएको र विदेशीको दलाल बनेको आरोप लगाएका छन । उनले कांग्रेसले राष्ट्रियताको सवालमा समेत दह्रेो अडान लिन नसकेको भन्दै कुण्ठा र छडपटीले पार्टीले थप क्षति पुर्याउने बताएका छन । इश्मा पूर्वमन्त्री गोकर्ष विष्टको गाउँको हो ।

उनले पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेपछि फेसबुक मार्फत यस्तो अपिल गरेका छन ।

आदरणीय मित्रहरु,
म बिगत ४ दशक भन्दा लामो समयदेखी नेपाली काङ्ग्रेस मार्फत सामाजिक राजनितिक काममा सकृय रहेँ । यसक्रममा हाल म नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाको पार्टी सभापती पदमा कार्यरत रहेको थिएँ । तर पछिल्लो चरणमा नेपाली काङ्ग्रेसले देश, जनता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुको साटो सत्ताबाहिर रहँदाको छट्पटी र कुण्ठा प्रदर्शन मात्र गर्यो ।

सो पार्टिको नेतृत्वमा रहेका व्यक्तिहरुबाट पुराना इमान्दार कार्यकर्ताको अवमूल्यन, अपमान र तिरस्कार भयो भने विभिन्न पार्टी चहारेका अवसरवादी पूर्वपन्चहरुको हालिमुहाली चल्यो । वर्तमान सरकारले अगाडि बढाएका रास्ट्रीयताको मुद्दामा समेत काङ्ग्रेसले समर्थन नगरी बिदेशिहरुको दलाली गरेको देखिएकोले मैले २०७७ असार २ गतेदेखि नेपाली काङ्ग्रेस त्यागेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेस गरेको छु ।

काङ्ग्रेसबाट आगामी दिनमा समेत देश र जनताको हितमा कुनै काम हुन सक्ने सम्भावना नदेखिएकोले इमान्दार र निस्ठावान नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ढिलाइ नगरी प्रवेस गर्नुहुन हार्दिक आव्हान गर्दछु ।

प्रकाशित मिति : 19:30