अध्यक्षद्वय ओली-प्रचण्डकाे सम्बोधनपछि नेकपा स्थायी कमिटी बैठक स्थगित, १२ गते फेरि बस्ने
१० असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा बाेलेका थिए।
प्रवक्ता श्रेष्ठले बैठकले छलफलका लागि ७ एजेण्डा तय गरेको जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठकमा अहिलेको परिस्थितिमा पार्टी, सरकारको कामबारे सकारात्मक सन्देश जानेगरी सुझाव, आलोचना र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गर्नुभएकाे थियाे ।

यस्तै अर्का अध्यक्ष दाहालले पार्टी, कम्युनिस्ट आन्दोलन, देशको परिस्थिति, आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीका बारेमा गम्भिरतापूर्वक छलफल गर्न आग्रह गर्नुभएकाे थियाे ।
वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी बैठकमा ७ एजेण्डा तय भएका छन् ।
प्रकाशित मिति : 15:17









