राज्यविरूद्ध अभिव्यक्ति दिएको भन्दै सांसद गिरीलाई पक्राउ गर्न ४ जना अधिवक्ताले दिए उजुरी
५ असार, काठमाडाैँ । राज्यविरूद्ध अभिव्यक्ति दिएको भन्दै समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी परेकाे छ । गिरीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको हाे। सांसद गिरीविरूद्ध ४ जना अधिवक्ताले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन्।

सांसद गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव हालेकी थिइन्। सांसद गिरीले उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुगेकाे बताएकी थिइन् । तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो।
याे पनि पढ्नुहाेस्ः
-सरिता गिरीको संविधान संशोधन सभामुखद्धारा खारेज
-संसदबाट बाहिरिएपछि सरिता गिरीको प्रतिक्रियाः ‘मैले आत्महत्या गर्न सकिन’ (भिडियोसहित)
प्रकाशित मिति : June 19, 2020 at 11:01 pm





