सरिता गिरीको संविधान संशोधन सभामुखद्धारा खारेज
३१ जेठ, काठमाडाैँ । समाजवादी पार्टीकी सांसद गरिता गिरीले संविधान संशोधन विधेयकमा राखेको संंशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकाेटाले खारेज गरेका छन् । शनिबार बसेको संसदको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेकेा उनले बताए ।

गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव गत बुधबार दर्ता गरेकी थिइन्। उक्त विधेयकको दफा २ मा मूल संविधानको धारा (९२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था गरिएको छ। गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी थिइन्।
जसलाई समाजवादी पार्टीले पनि फिर्ता लिन भनिसकेको छ। शनिबारै बसेको समाजवादीको बैठकले पनि संशोधन प्रस्ताव फिर्ता लिन भनेको थियो। तर उनले सोचेर जवाफ दिने बताएकी थिइन्। यता समाजवादी पार्टी संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा उभिन सबै सांसदहरुलाई ह्विप जारी गरेको छ।
प्रकाशित मिति : 13:53









