१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

संसदबाट बाहिरिएपछि सरिता गिरीको प्रतिक्रियाः ‘मैले आत्महत्या गर्न सकिन’ (भिडियोसहित)

३१ जेठ, काठमाडाैँ । समाजवादी पार्टीकी सांसद गरिता गिरीले संविधान संशोधन विधेयकमा राखेको संंशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकोटाले खारेज गरेपछि संसदबाट बाहिरिदैँ आफूले आत्महत्या गर्न नसकेको बताएकी छिन । संसद बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले आत्महत्या नरोजेर मैदान रोजेको बताइन ।

शनिबार बसेको संसदको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेकेा उनले बताए ।

गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव गत बुधबार दर्ता गरेकी थिइन्। उक्त विधेयकको दफा २ मा मूल संविधानको धारा (९२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था गरिएको छ। गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी थिइन्। भिडियो साैजन्यः पत्रकार नवराज पाण्डे ।

प्रकाशित मिति : 15:09