प्रधानमन्त्रीको अभिव्यक्तिलाई उडाउने पटमुर्ख र स्वाँठहरू मानसिक रोगी हुनः नेता पाैडेल
५ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं संविधानसभा सदस्य अनन्त पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई उडाउनेहरू मानसिक रोगी भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा कडा प्रतिक्रिया दिँदै नेता पाैडेलले ओलीको कोरोनाको सन्दर्भमा अभिव्यक्त विचारहरूलाई उडाउनेलाइ पटमुर्ख र स्वाँठहरूको उपमा समेत दिएका छन ।

नेता पौडेलले आफ्नो परिवारले कोरोना संक्रमण झेलेको भन्दै प्रधानमन्त्रीले दिएको अभिोवयक्ति महत्वपूर्ण रहेको बताएका छन । उनले उच्च मनोबल, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुणका खानपान, तातोपानी, र बाफको सेवन र नियमित सरसफाई नै कोरोनाको उपचार रहेको बताएका छन ।

यस्तो छ पौडेलले लेखेको प्रतिक्रिया
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सन्दर्भमा अभिव्यक्त विचारहरूलाई उडाउने ए पटमुर्ख स्वाँठहरू मैले र मेरो परिवारले झेलेको छ कोरोनाको संक्रमण । उच्च मनोबल, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुणका खानपान, तातोपानी, र बाफको सेवन र नियमित सरसफाई नै कोरोनाको उपचार हो । कुनै भ्याक्सिन र औषधि नबनेको अवस्थामा आफ्ना नागरिकहरूलाई कोरोनाबाट बच्न प्रधानमन्त्रीले उपायहरू सुझाउँदा उफ्रने मानसिक रोगीहरूलाई कोरोना संक्रमण नहोस भन्ने शुभेच्छा प्रकट गर्दछु ।

प्रकाशित मिति : 14:46









