१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक छः राधेश्याम अधिकारी

४ असार, काठमाडाैँ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा उहाँले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताउनुभयो ।

भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडी हट्न नसकिने बताइरहँदा नेपालको संसदले पनि आफ्नो नक्सा पारित गरेपछि वार्ताको समान हैसियतमा पुगिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारत भन्छ हाम्रो संसदले पारित गरेको नक्साबाट हामी फर्कन सक्दैनौँ । किन भने हाम्रो संसदले अनुमोदन गरेको छ । यदि हामीले आज यो नक्सा बनाएनौँ भने स्टाटसको एन्टी कसरी हुन्छ ?

पूर्वाअवस्थामा वार्तामा बस्दा तिम्रो पनि संसदले नक्सा पास गरेको छ, हाम्रो पनि संसदले नक्सा पास गरेको छ भन्न पनि यो जरुरी भयो । फेरी पनि कुरा गर्न पर्यो नी भन्न स्टाटसको एन्टीमा पुर्याउन पनि यो जरुरी भयो ।’’अधिकारीले आज संसदबाट नक्सा पास गरी भोली कालापानीमा गएर लड्ने नभई वार्ताबाट नै सबै समस्या समाधान गरिने बताउनुभयो । नेपालको मुल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको नागरिक शासन लागु गर्नुभएको उहाँले बताउनुभयो ।

उहाँले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संमयमता अपनाउन गरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बोलीमा किन तिक्ता ल्याउने ? यो आवश्यक छैन् । असंमयमित भाषा, टिप्पणी गर्नु नेपालको स्वभाव पनि होइन् र यो विवादलाई अब स्थानीयकरण गरौँ । बाँकी अरु कुराहरुमा नेपाल भारतको मित्रतालाई अगाडी बढाउने हो ।’’

प्रकाशित मिति : 13:03