१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

विदेशी एयरलाइन्सकाे भन्दा नेपाली एयसलाइन्सले ताेकेकाे भाडादर सस्तो छः मन्त्री भट्टराई

३ असार काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सरकारले तोकेको हवाई भाडादर सस्ताे भएकाे बताउनुभएकाे छ । विदेशी एयरलाइन्सहरुले तोकेको भाडादरको उदाहरुण दिँदै उहाँले नेपाली एयरलाइन्सको भाडाको बचाउ गर्नुभएको हो । उहाँले अमेरिका, क्यानडा हङकङ तथा अष्ट्रेलियन एयरलाइन्सकाे भन्दा नेपाली एयसलाइन्सका भाडा सस्तो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अमेरिका जाँदा ३ हजार डलरको टिकट काटेर जानुभएको छ । क्यानडा जाँदा ३५ सय डलर बढी छ । अष्ट्रेलियाले २५ सय डलर उठाइएको छ । जापानले १५ सय सम्म र हङकङले ८ सय डलरभन्दा बढी उठाएको छ । यसमा हामी कोही पनि बोल्दैनौँ । किनकी यो विदेशी एयरलाइन्सको मामला हो । भिसा पाइदैनकी भनेर डराएर बोल्दैनौँ । तर हामीले हङकङ जाने ५ सय ५० डलर मात्रै तोकेका छौँ । जापानबाट आउनेलाई ९ सय ३५ डलर तोकिएको छ ।

अष्ट्रेलिया १६ सय १५ डलर तोकिएको छ । बंगलदेशको १ सय ६५ डलर हो कतारको ३ सय ६५ डलर हो । सामान्य अवस्थामा पनि यो भाडादर यो भन्दा महंगो हुने अवस्था बन्छ । खर्चमात्रै उठ्ने गरी नेपालीहरुलाई ल्याउनुपर्छ भनेका छौँ । अमेरिका युरोपबाट पनि आउँदैछन् । पहिले अमेरिका जाँदा ३ हजार तिरियो तर अब १५, १६ सय डलर भन्द बढी लिन नपाउने भनेर हामीले तोकेका छौँ । युरोपमा ११, १२ सय तोकेका छौँ । पहिले त्यहाँ १५ सय २ हजार डलर तिरेर यात्रु लाने काम भयो ।’’

मन्त्री भट्टराईले लक डाउनको अवधिमा १ सय ८ वटा अन्तर्राष्ट्रिय उडान भएको बताउनुभो । ६६ उडान यात्रुसहित र ४२ वटा कार्गो उडान भएको बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक डाउनको अवधिमा ११ हजार ८ सय ५६ जना यात्रुको आवत जावत भएको बताउनुभयो । विदेशी वायुसेवाका २५ विमानले ५४ र नेपालका ४ वटा वायुसेवाले ५४ वटा उडान गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 17:47