११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

अब निजी प्रयोगशालाले पनि कोरोनाकाे परीक्षण गर्ने, स्वास्थ्य मन्त्रालयले खर्च ब्यहोर्ने

३२ जेठ, काठमाडाैँ । सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोनाभाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने बताएका हुन्।

प्रवक्ता गौतमका अनुसार निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च पनि स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने जानकारी दिए । सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन् । नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन बढी समय लाग्न थालेको छ ।

त्यस्तै विदेश जानका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि तीनवटा अस्पतालमा नमुना सं‌कलन गर्ने डा. गौतमले बताए । काठमाडौँको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : June 14, 2020 at 5:17 pm