१० असार २०८३, बुधबार | Thu Jun 25 2026

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

३२ जेठ, काठमाडाैँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। मुम्बईको बान् स्थित फ्ल्याटमा उनको शव भेटिएको हो। उनकाे आत्महत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन। ३४ वर्षीय सुशान्तका नोकरले यस घटनाको जानकारी पुलिसलाई दिएका थिए। सुशान्तले ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका थिए। टेलिभिजनमा उनको पहिलो सिरियल बालाजी टेलिफिलिम्सको ‘किस देश में है मेरा दिल’ थियो।

त्यसपछि उनले चलचित्रमा अभिनय थालेका थिए। यसमा उनले प्रीत जुनेजाको भूमिका निभाएका थिए। त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलबाट उनले चर्चा बटुले। उनी डान्स रियलिटी शो ‘जरा नच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिए। उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा पनि अभिनय गरेका थिए। उनको अभियनयको प्रशंसा भइरहेको थियो। सुशान्त सिंह राजपूतको जन्म बिहारको पटनामा भएको थियो। सन् २००० को शुरुवातमा उनको परिवार दिल्ली सरेको थियो। सुशान्तका ४ जना बहिनी छन्। उनीहरुमध्ये एक मितु राज्यस्तरकी क्रिकेट खेलाडी हुन्।

प्रकाशित मिति : June 14, 2020 at 5:02 pm