नेपालको नयाँ नक्सा संसदबाट पारित भएपछि विप्लवले गरे ओली सरकारको प्रशंसा
३२ जेठ, काठमाडाैँ । नेपालको नयाँ नक्सा संसदबाट पारित भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् । विप्लवले विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित गरेकाेमा प्रशंका गरेका हुन् ।

विप्लवले नक्सा मात्र पारित गरेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि सुझाव पनि दिएका छन् ।
विप्लवले मिचिएकाे नेपालको भुभाग प्रत्यक्ष स्वामित्वमा लिनका लागि अगाडि बढ्न आवश्यक भएकाे बताएका छन् । उनले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : 12:35









