६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

ओली नेतृत्वले देशलाई दिएको खुशीः कालापानी सहितको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन


३१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधि सभाको सनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले पाएको यो खुशी र परिवर्तन युगयुगसम्म सम्झना हुनेछ । यसका निम्ति राष्ट्रिय सहमति जुटाउनका लागि प्रधानमन्त्रीले गरेका पहलकदमी र प्रयासहरू पनि सधैँसधैँका लागि सुरक्षित भएका छन । कालापानीसहितको नयाँ नक्सा जस्तै गरी भारतले अतिक्रमण गरेको भूमि पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा फिर्ता हुने विश्वास गरिएको छ ।

संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्था अनुसार सोही नियम १३७ को १० बमोजिम मत विभाजन गराईएको थियो ।

प्रतिनिधिसभाको नियमावलियको नियम १ सय ३७ को उपनियम ९ मा “संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ । ”त्यसैगरी उपनियमा १० “संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव माथि सभाको निर्णय सदस्यको दस्तखत सहितको मत विभाजन द्धारा हुनेछ ।”

मतविभाजनमा जानु अघि ५ मिनेट सम्म घण्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराईएको थियो । यसअघि सनिबार नै विधेयकमाथि दफाबार छलफल गरिएको थियो । सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो । बैठकको सुरुमा नै समाजवादी पार्टीकी सांसद सरिता गिरिले बैठक बहिष्कार गरि बाहिरीनुभएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १८:२३