अब देश बेचुवाको खोजी गराैँ, राष्ट्रघातीलाई टुँडीखेलमा लगेर झुण्ड्याउँः नेता महतो
३१ जेठ, काठमाडाैँ । नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब देश बेचुवाको खोजी गर्नुपर्ने प्रस्ताव गरेका छन । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्तावको छलफलमा सहभागी हुँदै नेता महतोले गुमेको नेपाली भूमि नक्सामा फिर्ता ल्याएर सरकारले राम्रो गरेको बताउँदै अब देश बेचुवाको खोजी गर्नुपर्ने बताए ।

उनले राष्ट्रघातीलाई खोजेर टुँडीखेलमा लगेर झुण्ड्याउँन पटक पटक माग गरे । राष्ट्रघात गर्नेको सरकारले पहिचान गरेर तत्काल यस्तो कदम चाल्नुपर्नेमा उनले जोड दिए । महतोले सयौं हजारौं पटक बैठक बसेको भए पनि शनिबारको बैठकलाई जनताले टकटकी लगाएर हेरिरहेका बताए।
महतोले राष्ट्रियताको सवाल पनि एकलौटी नगर्न भन्दा मधेसीले पनि राष्ट्रियताको सवालमा इमान्दार रहेको बताए । उनले आजबाट राष्ट्रियता एकता र राष्ट्रियताको नयाँ व्याख्या गर्नु जरुरी भएको पनि बताए ।
प्रकाशित मिति : 14:44









