राजतन्त्रमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता आउँदैछः प्रचण्ड
३१ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता लिने पक्रिया सुरू भएको भन्दै खुशी प्रकट गरेका छन । शनिबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले नेपालको नयाँ नक्सा निशानछापमा संशोधनका लागि प्रस्तुत संविधान संशोधन प्रस्तावमा सर्वसम्मति जुट्नु गर्वको विषय भएको बताए ।

उनले भने ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदै छौँ,’ उनले भने, ‘यो कडीको प्रक्रियाको लागि संविधान संशोधन गर्दैछौँ। म गर्वान्वित छु।’ प्रचण्डले राष्ट्रिय एकताको निम्ति सबै दल नेता र सांसदहरुलाई नेकपाको तर्फबाट धन्यावाद पनि दिए। उनले भने ‘आउने दिनमा पनि ठूलो बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रकि गणतन्त्रको रक्षा गर्न एकताको विश्वास गर्दछु ।’
प्रकाशित मिति : 14:19









