१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नयाँ नक्सा संसदबाट पारित भएको खुशीयालीमा साँझ घरघरमा दीपावली गर्न अनेरास्ववीयूको अपिल

३१ जेठ, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले नयाँ नक्सा संसदबाट पारित भएको खुशीयालीमा साँझ घरघरमा दीपावली गर्न अपिल गरेका छन । शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुक मार्फत संयोजक महरले यो ऐतिहासिक दिनलाइ राष्ट्रिय खुशियालीको रूपमा मनाउनुपर्ने बताएका छन ।

महरले गरेको अपिल यस्तो छ

लिपुलेक लिम्पियाधुरा र कालापनी समेटेर नेपालको नक्सा संसदबाट पास हुने आजको यो ऐतिहासिक दिन राष्ट्रिय खुशियालिको अवसरमा बिश्वब्यापी छरिएर रहेका तथा स्वदेशमा रहनु भएका सम्पुर्ण देशभक्त राष्ट्रवादी नेपाली युवा विद्यार्थी र आम नेपाली जनता सबैले आजै जेष्ठ ३१ गते साँझ ७:३० बजे आ-आफ्नो घरमा दिप प्रज्वलन गरि खुशियाली मनाऔँ । राष्ट्रिय एकता जिन्दावाद ! नेपाली जनता जिन्दावाद !! नेपाली जनतालाई हार्दिक बधाई नेपाल सरकारलाई हार्दिक धन्यवाद ।

प्रकाशित मिति : 14:06