१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सक्कल नागरिकतासहित नेकपा नेतालाई बालुवाटार बोलाइयो, ओली र दाहालले सम्बोधन गर्ने

९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई सक्कल नागरिकतासहित बालुवाटार बोलाइएको छ । भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा सबै केन्द्रीय सदस्यलाई बोलाइएको महासचिव विष्णु पौडेलको सचिवालयले जनाएको छ । सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त सम्बोधन गर्ने छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलबार सार्वजनिक गरिएको थियो ।

यो पनि पढ्नुहोस्

–नेकपाका ४४१ सदस्यको आधिकारीक नाम महासचिव पौडेलद्वारा सार्वजनिक (सूचीसहित)

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १७:५६