मंगलबार एकैदिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४०८५ पुग्याे
२७ जेठ, काठमाडौँ । मंगलबार एकैदिन ३२३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ३२३ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४०८५ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ । जसमध्ये अहिलेसम्म १५ जनाको मृत्यु भएकाे छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : June 9, 2020 at 4:24 pm





