आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
२७ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित भएकाे छ । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार सचिवालय बैठकको मिति तय भएको थियो ।

आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना (एमसीसी)का बारेमा छलफल हुने तयारी भएकाे थियो । नेताहरुले बैठक स्थगित के कारणले भएको हो भन्ने नखुलाएपनि संसदको कार्यसूची लम्बिएका कारण पार्टी बैठक पनि स्थगित गरिएको हुनसक्ने बताइएको छ ।
प्रकाशित मिति : 13:43







