७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

धरानकाे कोभिड १९ अस्पतालबाट झापाका २८ जना कोरोना संक्रमित निकाे भएर घर फर्किए

२७ जेठ, धनकुटा । सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट मंगलबार बिहान २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। उनीहरूको पछिल्लो पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। डिस्चार्ज हुने सबै झापाका हुन्।

उनीहरू १८ देखि ५६ वर्षका उमेर समूहका पुरुषहरू रहेका छन्। अस्पतालमा कोरोना उपचार गराइरहेको १२ जना कोरोना मुक्त भएर शनिवार डिस्चार्ज भएका थिए। प्रतिष्ठानमा अव ५५ जना कोरोना संक्रमितहरूको उपचार भइरहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति : June 9, 2020 at 11:12 am