७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

२७ जेठ, चितवन । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय ती वृद्धकाे मृत्यु भएको हो ।

उनको मंगलबार विहान ७ बजे मृत्यु भएकाे अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । मुट र निमोनियाको समस्यासमेत रहेका उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । याे सँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १५ पुगेकाे छ ।

प्रकाशित मिति : June 9, 2020 at 9:05 am