७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १४४ पुग्याे

२७ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना  संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा नवलपुर बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको  १२ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।  यस्तै, म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका ४६ वर्षिय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरि गण्डकी प्रदेशको बागङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका  ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका  ८ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रकाशित मिति : June 9, 2020 at 7:51 am