९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

धादिङको सवारी दुर्घटनामा एकको मृत्यु दुई घाइते

९ जेठ, धादिङ । धादिङको बेनीघाट रोराङस्थित हुग्दी खोलामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख १५६८ नंको ट्रक खोलामा दुर्घटना हुँदा ट्रकमा सवार नवलपरासी मध्यविन्दु नगरपालिका– १० वस्ने २३ वर्षीयय शेरबहादुर सोमई मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १४:१०