आइतबार एकैदिन २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३४४८ पुग्याे
२४ जेठ, काठमाडौँ । आइतबार एकैदिन २१३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबार थप २१३ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १०२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । जसमध्ये अहिलेसम्म १३ जनाको मृत्यु भएकाे छ । कुल ७१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म देशभरि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा छन्।
प्रकाशित मिति : June 7, 2020 at 4:25 pm





