७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गण्डकी प्रदेशमा थपिए ३८ जना काेराेना संक्रमित, संक्रमितको संख्या ११३ पुग्याे

२५ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशमा ३८ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् ।आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बाग्लुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमितहरुमा स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२,३८, ३१, २५,२७,४६,३७,२१, १८ र ३२ वर्षीय पुरुषहरु र भिरकोट नगरपालिकाका ४६ वर्षीय पुरुष रहेका छन् । त्यस्तै, बाग्लुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९ वर्षीय पुरुषहरु र १ जनाको उमेर नखुलेको बताइएको छ । यसैगरी, सोही जिल्लाको ढोरपाटन नगरपालिकाका २६ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यसैगरी गोरखा जिल्लाको पालुङटार नगरपालिकाका १७ वर्षीय पुरुष र गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसैगरी, नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।

प्रकाशित मिति : June 7, 2020 at 12:34 pm