७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

वैतडीको क्वारेन्टिनमा ३१ वर्षीय युवाको मृत्यु, भारतबाट शनिबार मात्र नेपाल फर्केका थिए युवा

२५ जेठ, वैतडी । वैतडीको क्वारेन्टीनमा एक जना युवाको मृत्यु भएको छ । वैतडीका पाटन नगरपालिकामा रहेको एक क्वारेन्टीनमा बसेका युवाको मृत्यु भएको हो । उनी पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका थिए । मृत्यु हुने पुरूष ३१ वर्षका रहेका छन ।

फाइल तस्वीर

उनको शनिबार राति ८ बजेको आसपासमा मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए ।  उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएका थिए । उनी बहेस भएपछि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो उनको उपचारकै क्रममा मृत्यु भएको हो ।  भट्टका अनुसार मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ ।

प्रकाशित मिति : June 7, 2020 at 10:12 am