७० जिल्लामा फैलियाे काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट
२४ जेठ, काठमाडाैँ । शनिबारसम्म ७० जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । जसमध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३ २३५ पुगेको छ । जसमध्ये ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३६५ पुगेको छ । अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ ।

देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ ह्जार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । प्रदेश १ मा १ सय ७० जना, प्रदेश २ मा ९ सय ४३ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९ सय ६१ ज्ना, कर्णाली प्रदेशमा ५ सय ६७ जना र सुदूरपस्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । जसमध्ये हालसम्म १३ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति : June 6, 2020 at 7:21 pm





