एकैदिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३२३५ पुग्याे
२४ जेठ, काठमाडौँ । शनिबार एकैदिन ३२३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शनिबार थप ३२३ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३२३५ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ । जसमध्ये अहिलेसम्म १३ जनाको मृत्यु भएकाे छ । कुल ६८ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म देशभरि १ लाख ७० हजार ३१ जना क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्।
प्रकाशित मिति : June 6, 2020 at 4:31 pm





