डाेल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२ पुग्याे
२४ जेठ, काठमाडाैँ । नेपालमा कोरोनाको संक्रमणका कारण थप १ व्यक्तिको मृत्यु भएको छ। जेठ २० गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ थापागाउँका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनकाे मृत्यु भएकाे २ दिनपछि स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा आज विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हाे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। सुर्खेतमा बस्दै आएका उनी गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो।
जेठ १८ गते गाउँ फर्किएपछि उनलाई होम क्वारेन्टाइनमै राखिएको थियो। स्वास्थ्य थप जटिल बनेपछि जेठ २० गते उनको घरमै मृत्यु भएको थियो। उनको त्यही दिन स्वाब संकलन गरी दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। यध्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे औपचारिक पुष्टि गर्न बाँकी छ।

प्रकाशित मिति : June 6, 2020 at 1:56 pm





