तीन लाख घुससहित वडाध्यक्ष देवेन्द्र पुन पक्राउ
२४ जेठ, बुटवल । पाल्पाका एक वडाध्यक्ष रूपन्देहीमा घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका-७ का वडाध्यक्ष देवेन्द्र पुनलाई आज तीन लाख नगदसहित पक्राउ गरेकाे हाे। अख्तियारको टोलीले आज बिहान करीब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका-१०, झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट तीन लाख रूपैयाँ लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिए।

अख्तियारको नियन्त्रणमा परेका पुनले आफ्नो वडामा रहेको काठ लिलाम ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको उनकाे भनाइ छ। रासस
प्रकाशित मिति : June 6, 2020 at 1:28 pm





