आउने केही समय काेराेना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि हुनसक्छः मुख्यमन्त्री पाेखरेल
-शंकर पाेखरेल
भारतवाट नेपाल प्रवेशका मुख्य नाकाहरु धेरै भएको र अन्य प्रदेशवाट आउनेको समेत सुरुका दिनमा व्यवस्थापन गर्नु परेको तथा पछिल्ला दिनमा प्रदेशमा क्वारेन्टाइनमा वस्नेको संख्या समेत अत्यधिक हुनपुग्दा व्यवस्थापनमा केही समस्या भएको र त्यसवाट संक्रमितको संख्या पनि केही वढेको अवस्था रह्यो । तर यसवाट समुदाय संक्रमित हुनवाट निकै हदसम्म जोगिएको छ र जोगाइएको छ ।
भारतवाट आउनेहरुमा संक्रमितको संख्या एकैचोटी बढेका कारणले सुरुमा विरामीलाई अस्पतालमा राख्न केही कठिनाइ देखिएको हो । तर पछि आइसोलेसन सेन्टरको अवधारणावाट समस्या समाधान गरिएको छ । अवदेखि पोजेटिभ तर लक्षण नदेखिएकाहरुलाई आइसोलेसन सेन्टरमा राख्न थालिएको छ। यसवाट लक्षण देखिएका पोजेटिभ विरामीका लागि उपचारमा सहजता कायम भएको छ।
यतिवेला संक्रमित थपिने र निकोहुने दर पनि क्रमशः बढ्दै गएको छ । भारतवाट आउनेहरु प्राय युवाभएका कारणले निकोहुने दर अव क्रमशः बढेर जानेछ । त्यसवाट नयाँ केशका लागि आइसोलेसन सेन्टर र अस्पतालमा ठाउ खालि हुदै जानेछ । भारतवाट आउनेको दर क्रमशः घटदो अवस्थामा छ र क्वारेन्टाइनमा बस्नेको अवधि पुराभइ खालि भइरहेको छ । यसवाट आगामी दिनमा क्वारेन्टाइनको अवस्थामा पनि उल्लेख्य सुधार हुनेछ ।

समुदायमा संक्रमण नहोस् भनेर गरिएका प्रयासहरु अहिलेसम्म सफल नै देखिएका छन् । अहिलेसम्म देखिएका संक्रमितमा ९२ प्रतिसत जति भारतवाट आउनेहरुनै छन् । एउटा उल्लेख्य हिस्सा व्यवस्थापन कार्यमा संलग्नहरुको छ । थोरैमात्र समुदाय स्तरमा पुगेको अवस्था छ । त्यो पनि कन्ट्रयाक ट्रेसिङको प्रकृयावाट पहिचान गरी अलग गर्ने गरिएको छ । हाम्रो प्रदेशमा साउन महिनावाट संक्रमणको वढ्दो दर नियन्त्रणमा आउने आकलन गरिएको छ ।
क्वारेन्टाइनमा बस्नेको दुईहप्ता पछि आरडीटी परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । त्यसवाट पोजेटिभ देखिनेको पुनः पिसआर परिक्षण गरी सकृय केश पहिचान गर्ने विधि अवलम्वन गरिएको छ । रोगको लक्षण देखिएको र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाको हकमा पिसिआर परिक्षणको व्यवस्था मिलाइएको छ। दुई हप्तापछि परिक्षण बिनानै पठाउने नीतिलाई प्रदेशका हकमा रोक्न भनिएको छ । अव देखि १४ दिन क्वारेन्टिनमा वसेपछि आरडिटीको परिक्षण गरिनेछ ।
आरडिटीमा पोजेटिभ देखिएका,रोगको लक्षण देखिएका कन्ट्रयाक ट्रेसिङका साथै आइसोलेसनमा वसेका पोजेटिभ केशको हकमा पुनः परिक्षण गरिनेछ । नेगेटिभ देखिएको अवस्थामा मात्र विदा गर्ने व्यवस्था मिलाईएको छ । यतिवेला पिसिआर परिक्षणको रिजल्ट आउन लामो समय लाग्ने गरेको छ । यसवाट व्यवस्थापनमा समेत समस्या उत्पन्न हुनेगरेको छ । त्यसो हुन नदिन परिक्षणको क्षमता र दायरा वढाउने गरी काम अघि वढेको छ । त्यसका लागि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा थप मेसिन जडानको प्रकृयामा छ । प्रादेशिक प्रयोगशालाको क्षमता विस्तारको प्रकृया सुरुभएको छ । लुम्विनी प्रादेशिक अस्पताल र कपिलवस्तुमा पिसिआर मेसिन सहितको नयाँ प्रयोगशाला स्थापनाको काम अघि बढेको छ । यसवाट दुईहप्तापछि समयमै परिणाम प्राप्त हुनेछ ।
परिक्षणको दायरा बढेसंगै आउने केही समय संक्रमितको संख्यामा उल्लेख्य वृद्धिहुने अनुमान गरिएको छ। पहिलो चरणमा २००० सम्म र त्यसपछि थप १००० पुग्न सक्ने अनुमान छ । यो समुदायमा संक्रमण महामारीको रुपमा विस्तार नहुँदाको प्रक्षेपण हो । तदनुरुपको व्यवस्थापनको तयारी भइरहेको छ ।
एक महिनापछि अहिलेको अवस्थामा क्रमशः सुधारको प्रकृया सुरुहुने अनुमान छ । केही समय धैर्यगर्दा व्यवस्थापन, परिक्षण र उपचारका साथै वन्दावन्दीको अवस्थामा पनि सुधार ल्याउन सकिने देखिन्छ । जनजीवनलाई सहज बनाउनेगरी तयारी पनि हुदैछ । धैर्य गरौ, भय र त्रासवाट जोगियौं । सामाजिक दुरी र स्वास्थ सुरक्षामा ख्याल गरौँ । यतिगर्दा महामारीवाट आफु जोगिन र अरुलाई समेत जोगाउन सकिनेछ ।
प्रकाशित मिति : 13:06









