७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

चितवनको भरतपुर अस्पतालमा २७ वर्षीय युवकको मृत्यु

२४ जेठ, चितवन । चितवनकाे भरतपुर अस्पतालको आईसीयूमा एक जना युवकको मृत्यु भएको छ । भारतबाट करिब २ साता अघि आएका  माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको काेराेना आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको हाे । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।

प्रकाशित मिति : June 6, 2020 at 12:35 pm