७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

धादिङका ५ जना कोरोना संक्रमितमध्ये ३ जना निको भएर घर फर्किए

-विवेक अर्याल

२३ जेठ, धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ भने ३ जना निको भैसकेका छन् । बिहिवार धुनिवेशी नगरपालिका वडा नंं.३ छत्रेपाटी महेशफाँटकी २३ वर्षिया एक युवतीमा कोरोनो संक्रमण पुष्टि भएसँगै धादिङमा जिल्लामा कोरोना संक्रमित हुनेको संख्या पाँच पुगेको हो । कोरोना संक्रमित ५ जनामध्ये ३ जना निको भएर घर फर्किएका छन् ।

यसअघि नेत्रावती डबजोङ गाउँपालिकाको एक जना पुरुष, गल्छी गाउँपालिकाकी एक जना महिला र थाँक्रे गाउँपालिकाका एक जना पुरुष निको भएर घर फर्किसकेका छन् भने सिद्धलेक गाँउपालिकाकी एक गर्भवती महिलाको उपचार भईरहेको छ । यता बिहिवार धुनिवेशी नगरपालिका वडा नंं.३ छत्रेपाटी महेशफाँटकी २३ वर्षिया ती युवती रोजगारीको शिलशिलामा काठमाडाैँ बस्दै आएकी थिईन ।

लकडाउन शुरु भएपछि घर आएर जेठ १२ गते काठमाडाैँ फर्किएकी ति महिलाको स्वास्थ्यमा समस्या देखिएपछि जेठ १६ गते उनको स्वाब परिक्षण गरिएकोमा २१ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको अहिले काठमाडौँकाे सतुंगलस्थित शसस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । काेराेना संक्रमित भेटिएसँगै स्थानीय प्रशासन र धुनिबेसी नगरपालिकाले वडा नम्वर ३ को केहि भागमा सिल गरिएको छ ।

वडा नं ३ को पश्चिम भालुखोला, उत्तर सेंढाईगाउँ र दक्षिणमा महेशखोला भित्रको क्षेत्रलाई सिल गरिएको धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए । सिल गरिएको क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मको लागि आवतजावत तथा हिडँडुल गर्न पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । यस्तै उनको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान तथा आफन्तहरुको स्वाब परिक्षण समेत गरिने मेयर आर्चायले बताए ।

प्रकाशित मिति : June 6, 2020 at 12:09 pm