बाजुरामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु
२४ जेठ, काठमाडाैँ । क्वारेन्टाइनमा बसेका १ जना वृद्धकाे मृत्यु भएकाे छ । १५ जेठमा भारतबाट आएर बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ को मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार साँझदेखि खाना नखाएका उनलाई राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हाे । उनकाे परीक्षणका लागि स्वाब संकलन गरिएको र परीक्षणपछि मात्रै दाहसंस्कार गरिने प्रजिअ जानकारी दिए ।
प्रकाशित मिति : June 6, 2020 at 10:24 am





