७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रकृतिको अनियन्त्रित दोहन रोक्न आजको दिनले प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति भण्डारी

२३ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीबाट शिक्षा लिँदै वातावरण संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व भएको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज ट्विट गर्दै उहाँले मानिस, अन्य प्राणी र वनस्पतिको सुरक्षित भविष्यका लागि विकासका नाममा प्रकृतिको अनियन्त्रित दोहन रोक्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रकाशित मिति : June 5, 2020 at 8:17 pm