४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विद्यालयको शौचालय निर्माणमा घुस खाने सुनसरीका जिशिअ खगेन्द्र सुवेदी निवासबाटै पक्राउ

९ जेठ, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताएका छन ।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै ५० हजार हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको उनले बताए । घुस दिने विद्यालय र प्रअको नाम भने अख्तियारले गोप्य राखेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १०:१०