७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

दैलेखमा अनिश्चितकालीन निषेधाज्ञा जारी

२३ जेठ, काठमाडाैँ । दैलेख प्रशासनले कोरोना संक्रमितकाे संख्या बढेको भन्दै शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दैलेखमा अहिलेसम्म २१८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ भने १ जनाको मृत्यु भएको छ ।

प्रशासनले अर्को आदेश जारी नभएसम्मका लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाबाहेकका काम नगर्न आदेश दिएको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ ।

प्रकाशित मिति : June 5, 2020 at 4:21 pm