७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

म्यानमारबाट उद्धार गरिएका २६ जना नेपाली काठमाडौँ आइपुगे

२३ जेठ, काठमाडौँ । म्यानमारबाट २६ जना नेपाली काठमाडौँ आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स एयरफोर्स जहाजमार्फत उनीहरु काठमाडौँ अवतरण गरेका हुन् । उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरेर उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउनेछ । म्यानमारमा गरिएकाे परिक्षणमा २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले उनीहरुलाई हाेम होम क्वारेन्टिनमा पठाउन लागिएकाे हाे ।

सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ । नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने बताइएकाे छ ।

प्रकाशित मिति : June 5, 2020 at 12:06 pm