३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

१६८ नेपाली लिएर यूएईबाट उड्यो एअर अरेबियाकाे विमान

२३ जेठ, काठमाडाैँ । नेपाली यात्रु लिएर यूएईको सारजहा विमानस्थलबाट एअर अरेबियाको विमान काठमाडौँ उडेको छ। एयर अरेबियाको उडान नम्बर जी ९: १७५१ को विमान स्थानीय समयअनुसार १२ : ०३ मा उडेको हो । साँझ ६ बजे उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

यसअघि आजै बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किएका छन्। म्यानमारको एअरफोर्स जहाजमा त्यहाँको सरकारले नेपालीलाई काठमाडौँ ल्याएको हो। आजदेखि विदेशमा अलपत्र परेका मानिसहरूलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन लागिएको हो। यसरी स्वदेश फर्किने नेपालीहरूलाई राजधानीका विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिनेछ।

प्रकाशित मिति : June 5, 2020 at 3:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/