७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

२६ नेपाली लिएर उड्यो म्यानमारको सैनिक विमान

२३ जेठ, काठमाडाैँ । २६ नेपालीलाई लिएर म्यानमारबाट त्यहाँको सैन्य विमान उडेको छ। उक्त विमानले नेपालमा म्यानमारका नागरिकलाई लिएर फर्कने छ। म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरुलाई फर्काइएकाे हाे । म्यानमारबाट आएका सबै नेपाली होम क्वारेन्टाइनमा बस्ने भएका छन्।

उनीहरु सबैले म्यान्मारमै पीसीआर टेस्ट गरी रिपाेर्ट नेगेटिभ देखिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिन लागिएकाे बताइएकाे छ । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्‍याएर त्यहाँबाट सेनाले घरसम्म पुर्‍याउने छ। म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश-१ का एक जना छन्। अन्य ८ जना २ नम्बर प्रदेशका छन्। सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ। रोजगारदाता देश आफैले पठाएपछि बाँकी रहेकालाई आफूले उद्धार गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति : June 5, 2020 at 10:31 am