२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

जुम्लामा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय वृद्धको मृत्यु

२३ जेठ, काठमाडाैँ । क्‍वारेन्टाइनमा रहेका वृद्धको मृत्यु भएकाे छ । जुम्लाको चन्दननाथ नगरपालिका-८ स्थित धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय वृद्धकाे व्यक्तिको मृत्यु भएको छ । जेठकाे २१ गते नेपालगञ्‍जबाट जुम्ला पुगेका उनलाई सोही क्‍वारेन्टाइनमा राखिएको थियो।

फाइल फाेटाे

उनको मृत्युको कारण खुलेको छैन। मुटु र दमको बिरामी रहेका उनले नियमित औषधि सेवन गर्दै आएका थिए। उनकाे थ्रोट स्वाबको नमुना संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए।

प्रकाशित मिति : June 5, 2020 at 9:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/