१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिनेः मुख्यमन्त्री पोखरेल

२२ जेठ, काठमाडौँ । व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । मुख्यमन्त्री पोखरेलले बिहिबार समाजिक सञ्जालमार्फत आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् ।


मुख्यमन्त्री पोखरेलले क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना समुदायमा नफैलिएकाे बताउँदै आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए जिम्मेवारी कसले लिने भनी प्रश्न गरेका हुन् ।

उनि लेख्छन्, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिनेरु गम्भीर बनौँ ।’

 

प्रकाशित मिति : 14:18