१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

संसदमा मिलेकोमा ओली र देउवाको पुत्ला जलाउँदै विप्लव, सीमा विवाद विषयान्तर गराउने प्रयास

२० जेठ, काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै संसदमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग मिलेको भन्दै पुत्ला जलाउने घोषणा गरेको छ । देशमा सीमा विवादको विषय चर्किरहेको अवस्थामा प्रतिबन्धि समूहका महासचिवले विज्ञप्ति मार्फत आन्दोलनको घोषणा गरेका छन ।

उनले एमसीसीको विषय देखिनेगरी उठाए पनि अहिले कालापानी, लिपुलेक र लिम्पयाधुराको विषय चर्को रूपमा उठाइरहेको बेलमा त्यसलाइ विषयान्तर गर्नका लागि यस्तो गर्न खोजिएको बुझिएको छ । यसले विप्लव कसको इशारामा कसरी चलिरहेका छन भन्ने प्रश्न समेत सिर्जना गरेको छ । एमसीसी अनुमोदन गर्ने वा नगर्ने त्यो त संसदले नै गर्ला तर सीमाको यस्तो महत्वपूर्ण विषय छाडेर विप्लवले भने पुत्ला जलाउने र आमहड्ताल गर्ने नाममा विषयान्तर गर्न खोजिरहेको देखिन्छ ।

प्रकाशित मिति : 13:10