१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

भारतसँगका असमान सन्धि–सम्झौता खारेज गर्न प्रवक्ता श्रेष्ठकाे माग

२० जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग गरिएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रिय सभाकाे मंगलबार बसेको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने धारणा राखे ।

सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै  प्रवक्ता श्रेष्ठले सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्नेमा जाेड दिए । प्रवक्ता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताउँदै ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उल्लेख गरे । भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आपत्तीजनक भएको बताउँदै प्रवक्ता श्रेष्ठले नेपालबारे भारतीय सेना प्रमुख र पूर्व सचिवको भनाइ खेदजनक रहेकाे स्पष्ट सारे ।

प्रकाशित मिति : 12:07