४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हत्कडी बिनै विराटनगर पुर्याइयो गोरेलार्इ

८ जेठ, विराटनगर । सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई  हत्कडी बिनै विराटनगर पुर्याएको छ ।  यति एयरलाइन्सको विमानबाट गोरेले दिउँसाे सवा तीन बजे विराटनगर अोरालिएको थियो । विराटनगर पुर्याउँदा गोरे सातो क्याप र कालो ज्याकेटमा देखिएका थिए ।

 

तस्बीर सभारः अनलाइनखबर डटकम ।

त्यहाँ उनलार्इ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो । गोरेको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेकाे छानविनका क्रममा खुलासा भएको छ । गोरेले केही पू्र्वमन्त्रीको समेत नाम लिएको बुझिएको छ । यद्यपी कसको नाम लिएका हुन भन्नेबारे छानविन समिते केही खुलाएको छैन ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १६:३९