४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युवा संघको नाम एकतापछि पनि परिवर्तन हुँदैनः बामदेव गाैतम

८ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गाैतमले युवा संघकाे नाम परिवर्तन नहुने बताएका छन । मंगलबार संघकाे केन्द्रीय कमिटीकाे बैठक उद्घाटन गर्दै नेता गाैतमले वाइसिएलसँग एकीकरण हुँदा पनि नाम युवा संघ नै रहने बताए ।

उनले देशलार्इ अार्थिक समृद्धिको मार्गमा अघि बढाउन युवाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै युवा परिचालनका निम्ति ठोस योजना बनाउन संघलार्इ अाग्रह गरे । बैठकले सचिवालय गठन लगायतका महत्वपूर्ण निर्णय गर्ने उपाध्यक्ष एवम् महाधिवेशन प्रचार तथा प्रसार उपसमितिका संयोजक प्रभात विक्रम कटुवालले जानकारी दिए ।

संघका अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा जारी बैठकमा संघकी सह इन्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य निरु पाल, पूर्व अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, पार्टी केन्द्रिय सदस्य तथा संघका पूर्व हासचिव निरज आचार्य , संघकी निवर्तमान उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य दिलु पन्त लगायत पनि सहभागी रहेका छन ।

वैठकमा निम्न एजेण्डामा छलफल हुँदै छ ।

१. कम्युनिस्ट पार्टीहरुको एकताको सम्बन्धमा।
२.रिपोर्टिङ
३.world federation of democratic youth को general meeting को सम्बन्धमा
४.मातहत कमिटीको भेला र बैठकको सम्बन्धमा ।
५.सचिवालयको गठनको सम्बन्धमा ।
६.आर्थिक सम्बन्धमा ।
७.संगठनको खाता संचालनको सम्बन्धमा ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १६:०९