४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओलीको आग्रहपछि विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भएपछि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो ।

तर पछि सरकारी तवरमा आग्रह र पहल गर्दा पनि भारतले उक्त कार्यालय हटाउन मानिरहेको थिएन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्राचार नै गरेका थिए ।

यसअघि तीन दिन अघिको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा चयन भएपछि प्रधानमन्त्री ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए । प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी प्रधानमन्त्री ओलीलाई गराएकोछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १५:५३