३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कानुनमन्त्री तुम्बाहाङफेद्धारा संविधान संशोधन विधेयक संसदमा पेश

१८ जेठ, काठमाडौँ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कानुनमन्त्री तुम्बाहाङफेले संविधान संशोधन सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुभएको हो । सरकारले नेपाल नयाँ नक्सा समेट्नका लागि निशान छाप परिवर्तन गर्न संसदमा संशोधन विधेयक पेश गरेको हो ।

वर्षौदेखि भरतीय संयन्त्रको गुलामी गर्दै नेपालका नदीनालादेखि भूभाग समेत भारतलाइ दिइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो अतिक्रमित जमिन जुनसुकै अवस्थामा पनि फिर्ता गराउने अभियान अन्तर्गत भारतले अतिक्रमण गरेर बसेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत समेटको नयाँ नक्सा सरकारले जारी गरेको छ ।

प्रकाशित मिति : May 31, 2020 at 11:49 am